१९ औं भूकम्प सुरक्षा दिवस आज , एक वर्षअघि शिलान्यास गरिएका सम्पदा अलपत्र

१९ औं भूकम्प सुरक्षा दिवस आज , एक वर्षअघि शिलान्यास गरिएका सम्पदा अलपत्र

  • आइतवार, माघ २, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २ माघ ।

१९ औँ भूकम्प सुरक्षा दिवस आज सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले बिभिन्न कार्यक्रम गरी मनाउदैछन् ।

दिवशको यस बर्षको नारा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने तय गरिएको छ । विसं १९९० माघ २ गते भूकम्प गएको महाभूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो ।

दिवसका अबसरमा सरकारले आज काठमाण्डौको साखुमा बिशेष कार्यक्रमको आयोजना गरेको छ । सो कार्यक्रमको आज बिहान ११ बजेर ५६ मिनेटमा कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले उद्घाटन गर्नुहुने छ । पाँच दिनसम्म साँखुमा भूकम्पीय सुरक्षासम्बन्धी प्रदर्शनी पनि आयोजना गरिँदैछ ।

कार्यक्रममा सडक नाटक र जनचेतनामूलक अभियानसमेत सञ्चालन गरिने जनाइएको छ । प्रदर्शनीमा जनचेतना जगाउने उद्देश्यले २२ कक्ष राखिने भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल (एनसेट नेपाल)का निर्देशक विजयकृष्ण उपाध्याय बताउन भयो ।
सरकारले आज १९ औँ भूकम्प सुरक्षा दिवस मनाउने तयारी गरे पनि गत वर्ष १८औँ भूकम्प सुरक्षा दिवसका दिन तामझामका साथ सुरु गरिएको बिभिन्न सम्पदाको पुनःनिर्माण भने अलपत्र छ ।

गतवर्ष आजकै दिन भूकम्प सुरक्षा दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गर्नुभएको थियो । पुनःनिर्माणको जिम्मेवारी पाएको काठमाडौँ महानगरपालिकाले पुरातात्विक संरचनामा आधुनिक निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीयवासीले विरोध गरेपछि एक वर्ष पुग्दा पनि काम अघि बढ्न सकेको छैन ।

यस्तै तत्कालिन प्रधानमन्त्री केपि शर्मा ओलीले ललितपुरको बुङमतिमा रहेको रातो मछिन्द्रनाथ र पुरानो नेवारी बस्ती बु्ङ्मतीलाई एकिकृत सघन बस्तीप्का रुपमा पुनरनिर्माण गर्न तामझामसहित उद्घाटन गर्नुभएको थियो । तर यसको काम पनि अघि बढ्न सकेको छैन ।

१९० को भुकम्पपछि गत बर्ष विसं २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ मा गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको भूकम्प क्षति पुर्याका कतिपय स्थानमा अझै सर्बेक्षण सम्म हुन सकेको छैन । यस्तै नीजी आवास निर्माणको काम पनि बर्ष दिन सम्म सरकारी ढिलासुस्ती र अनुदान सम्झौतामा भएको ढिलाईले कतिपय स्थानमा पिडितहरु अझै पालमुनि नै बस्न बाध्य छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ