पश्चिमी वायुका कारण उपत्यकासहित देशैभर चिसो अझै बढ्ने

पश्चिमी वायुका कारण उपत्यकासहित देशैभर चिसो अझै बढ्ने

  • शनिबार, माघ १, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ १ माघ ।  

काठमाडौं उपत्यकासहित देशभर पछिल्लो समय बढेको चिसो अझै बढ्ने मौसमविदले बताएका छन् । आज बेलुकादेखि अर्को पश्चिमी वायु नेपाल भित्रन लागेको तथा अहिले पश्चिमी जेट स्ट्रिम नामक हावा नेपालमाथि रहेकाले चिसो अझै बढ्ने मौसम पूर्वानुमान महाशाले जनाएको छ ।

त्यसकै प्रभावले आज बेलुकादेखि केहीदिन देशभरिको मौसम बदली हुनेछ भने दिउँसो बादल र हावा लागेपछि चिसो झन् बढ्ने मोसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी पहाडी क्षेत्रमा हल्का वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना छ ।

अब एक पटक चिसो ह्वात्तै बढ्ने र त्यसपछि भने विस्तारै तातो हुँदै जाने महाशाखाको अनुमान छ । अहिले पनि तराईसहित देशका अधिकांश बाक्लो हुस्सु लागेको छ । काठमाडौंको हिजो १ दशमलव २ डिग्री सेल्सियस रहेकोमा आज १ डिग्री सेल्सियसमा झरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ