काठमाडौ १ माघ । प्रथम अन्तर्राष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ्मस्र्याङ्दी क्लबले जितेको छ ।
आज धनगढी रङ्गशालामा भएको फाइनल खेलमा सङ्कटा क्बल काठमाडाँैलाई १–० गोल अन्तरले हराउँदै मनाङ्मस्र्याङ्दीले उपाधी जितेको हो । जितसँगै उसले रु पाँच लाख, शील्ड र प्रमाणपत्र प्राप्त ग¥यो ।
उपविजेता सङ्कटा क्लबले रु दुई लाख ५१ हजारमा चित्त बुझायो । मनाङ्मस्र्याङ्दीका लागि विजयी गोल कप्तान अनिल गुरुङले गर्नुभएको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी समेत घोषित हुनुभएका गुरुङ्ले मोटरसाइकल पुरस्कार प्राप्तगर्नुभयो ।
मनाङ्मस्र्याङ्दीका राजु नगरकोटी प्रतियोगिताकै उत्कृष्ट गोलरक्षक, मनाङ्मस्र्याङ्दीकै विराज महर्जन उत्कृष्ट रक्षक, डुकस्टार भुटानका केन्चो तावगे उत्कृष्ट स्ट्राइकर, सुदूरपश्चिम– ११ का नरेन्द्र चौधरी उदीयमान खेलाडी, मनाङका प्रशिक्षक छिरिङ लोप्चन गुरुङ उत्कृष्ट प्रशिक्षक तथा सुुदूरपश्चिम– ११ का मणीराम चौधरी सर्वाधिक गोलकर्ता घोषित हुनुभयो । उहाँहरूले जनही रु १५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।
विजयी खेलाडीलाई सांसद मदनकुमारी शाह, अखिल नेपाल फूटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य गणेश चन्द, कैलाली जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक सिंह, मुख्य प्रायोजक भागेश्वर ग्रुपका सञ्चालक टेकबहादुर वोगटीलगायतले नगद, शिल्ड तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगिताको समापन समारोहमा आयोजक सुदूरपश्चिम– ११ का अध्यक्ष सुरेश हमालले आगामी वर्ष आयोजना हुने गोल्ड कपका विजेता तथा उपविजेतालाई पुरस्कारको राशि बढाएर क्रमशः रु ११ लाख ११ हजार १११ र रु पाँच लाख ५५ हजार ५५५ प्रदान गर्ने घोषण गर्नुभयो ।