प्रविधिकरण हुदै ट्राफिक प्रहरी

प्रविधिकरण हुदै ट्राफिक प्रहरी

अब ड्रोन क्यामेराबाट सडकको अवस्थाको प्रत्यक्ष जानकारी लिने

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २९ पौष । 

ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकामा ड्रोन क्यामेरा प्रयोग गर्ने भएको छ ।

अब जाम हुने उपत्यकाका मुख्य सडक र चोकहरुमा ट्राफिक प्रहरीले ड्रोन क्यामेराबाट सडकको अवस्थाको प्रत्यक्ष जानकारी लिने जनाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको कार्यालय रामशाहपथमा आज आयोजित एक कार्यक्रममा एनएमबी बैंकका प्रबन्ध निर्देशक उपेन्द्र पौडेलले ३ लाख ५० हजार बराबरको आधुनिक ‘प्यान्टम फोर प्रो’ मोडलको ड्रोन महाशाखालाई हस्तान्तरण गर्नु भयो ।

उपत्यकाभित्रको बढ्दो ट्राफिक जाम र ट्राफिक उल्लंघनका घटनालाई मध्यनजर गर्दै महाशाखालाई ड्रोन हस्तान्तरण गरेको पौडेलले बताउनु भयो ।

ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रकाश अर्यालले ट्राफिक व्यपस्थापनमा एकपछि अर्को प्रविधि भित्र्याउँदै आएकोले उपत्यकाको ट्राफिक व्यवस्थापन पनि सहजतर्फ उन्मुख भएको बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी