सातौं राष्ट्रिय खेलदकुदमा नक्कली खेलाडी खेलाईएको गुनासो

सातौं राष्ट्रिय खेलदकुदमा नक्कली खेलाडी खेलाईएको गुनासो

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

२९ पुस काठमाण्डौं । पूर्वाचलमा यहि पुस ८ देखि १५ गते सम्म भएको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भएका अनियमितता र राष्ट्रिय खेलकुद परिषद्का खेलकुद बिरुद्धका कर्कुतहरु एकपछि अर्को गर्दे पर्दाफास हुँदै गएका छन् । प्रतियोगितामा फर्जी खेलाडीलाई सहभागिता गराएको, खेलकुदका पूर्वाधार पूर्णं रुपमा निर्माण नगरी हचुवाका भरमा प्रतियोगिता आयोजना गरिएको र निष्पक्ष रुपमा खेल नखेलाईको भन्दै यसअघि बिभिन्न खेलका खेलाडीहरुले आवाज बुलन्द पारेका थिए ।

यसै सन्दर्भमा मध्यपश्चिमाञ्लचको टोलीबाट ६९ केजी तौल समूहमा बक्सिङ खेलमा सहभागिता जनाएका खेलाडी अर्जुन बुढामगरले फर्जि खेलाडी रिङमा उतारिएका कारण आफुले खेल त्याग्न बाध्य भएको खुलासा गरेका छन् । शुक्रबार राजधानीको संवाद डवलीमा पत्रकार सम्मेलनको आयोजना गरेर बुढा मगरले भने,– ‘खेलको नीति नियमभन्दा बाहिरका नक्कली खेलाडीलाई षड्यन्त्रपूर्णं रुपमा समावेश गराइयो, कुनै खेलको राष्ट्रिय प्रतियोगिता संचाल गुर्नपूर्व खेलाडीहरु जिल्ला र क्षेत्रीय छनोटमा सहभागि भई त्यहाँबाट जितेर आउनु पर्छ,’ खेलाडी बुढामगर भन्छन्, ‘तर यहाँ खेलकुदको नीति, नियम र मर्म विपरीत कुनै पनि छनोटमै सहभागी नभएका खेलाडी यादव थापालाई पश्चिमाञ्चल टिमबाट रिङमा उतारियो ।’

‘खेलको नीति बिरुद्ध फर्जि खेलाडी ल्याई म बिरुद्ध उतारेपछि मैले उक्त खेल नैं त्यागिदिएँ र उसैलाई बिजेता घोषणा गरियो ।’ यसरी खेलमा झेल गरिएपछि यसका बिरुद्ध आफुले राष्ट्रिय खेलकुद परिषद्मा उजुरी दिएपनि परिषद्का सदस्य सचिव केशवकुमार बिष्ट र खेलकुद मन्त्रालयले छाविन नगर्नुमा आफु अचम्भित भएको उनले बताए । बक्सिङ खेलको प्राविधिक कमिटीमा फुटबलका प्रशिक्षक बिराटकृष्ण श्रेष्ठ संयोजक बनाउनु आश्चार्यको विषय भएको भन्दै अर्जुनले सातौँ राष्ट्रिय खेलकुदमा भएको यस्तो गैरजिम्मेवारी पनाको तत्काल सरकारले छानविन गर्नुपर्ने माग समेत गरे ।

सातौँ राष्ट्रिय खेलकुदको बक्सिङ विधामा भएको यस्तो अनियमितता सार्वजनिक गर्न खोज्दा प्राविधिक कमिटीका सदस्य प्रचण्ड शर्माले आफुलाई कुनै पनि प्रकारको राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुन नपाउने गरी कारवाही गर्ने धम्की दिएको पनि उनले आरोप लगाए । ‘पत्रकार सम्मेलन गरेपनि कुनै मिडिायाले लेखेपनि तिमीलाई रंगशाला प्रवेश गर्न दिदैनाँै, अव तिम्रो खेल जीवन समाप्त भयो भन्दै धम्की आइरहेको छ’, उनले बताए ।
यस प्रकारको गलत हर्कतले गर्दा आफ्नो खेल जीवन माथि नैं धक्का पुगेको र नेपालको झण्डा विश्वसामू फहराउने सपना अधुरो भएकोमा उनले दुःख व्यक्त गरे । आफ्नो जस्तो अवस्था आगामी दिनमा कुनै पनि खेलाडीको नआवस भन्दै उनले खेलकुदको आडमा निस्पक्षतालाई लात मार्दै नातावाद र कृपावाद अन्त्य गर्न समेत राखेप समक्ष आग्रह गरेका छन् ।

अर्जुन बुढामगरका अनुसार पश्चिमाञ्चलको तर्फबाट ६९ तौल समूहमा रिङमा उतारिएका खेलाडी यादव थापाको नाम भने टाईसिटमै छैन । उक्त तौल समूहमा रामचन्द्र ढकाल (कास्की), फट्टि कुमार वि.क (रुपन्देही) भिम प्रसाद सहदी (गुल्मी) र सागर साही (कपिलबस्तु) रहेका छन् ।

कार्यक्रममा बक्सिङका निवर्तमान वरिष्ठ प्रशिक्षक ओम मास्केले खेलकुदमा यसरी गैरजिम्मेवार तरिकाले खेलाडीलाई अपमान गर्ने र खेलकुदको मर्म बिपरित कार्य गर्ने जो सुकैलाई पनि राष्ट्रिय खेलकुद परिषद्ले तत्काल छानबिन गरी गल्ति गर्ने प्रशिक्षक तथा प्राविधिकलाई कारबाही गर्नुपर्ने बताए । उनले जिम्मेवार निकायकै कारण बक्सिङ खेल धरासायी भएको बताए । खेलमा आफूले खेलाडीको पक्षका कुरा उठाउने भएकै कारण सातौँ राष्ट्रिय खेलकुदमा आफूलाई जान रोकेको मास्केले आरोप लगाए । उनले अर्जुन बुढालाई अन्यय भएको भन्दै सत्य तथ्य छानविन गर्न समेत आग्रह गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी