काठमाडौ २९ पौष ।
संकटा क्लब धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपको फाईनलमा प्रवेश गरेको छ ।
आज भएको दोस्रो सेमिफाईनल खेलमा संकटा क्लबले अयोजक सुदुरपश्चिम ११ लाई १–० गोलले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।
खेल सुरुभएको १५ मिनेटमा संकटाका अनिल तामाङ्ले गरेको गोल नै खेलको निर्यायक गोल बन्न पुग्यो ।
आजको जितसंगै संकटाले फइनल खेल भोली मनाङ मस्याङ्दीसंग खेल्नेछ ।
यसअघि भएको पहिलो सेमिफाइनलमा दील्ली युनाईटेडलाई ३–१ ले पराजित गर्दै मनाङ फाइनलमा प्रवेश गरिसकेको छ ।
फाइनल खेल भोली दिउसो कैलालीको ढनगढी रंगशालमा हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline