कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न सरकार तयार

कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न सरकार तयार

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, २९ पुस । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले कृषि र पशुपक्षी व्यवसायलाई आधुनिकीकरण गर्न नीतिगत सुधारमा विशेष ध्यान दिने प्रतिवद्धता जनाउनु भएको छ ।

नेपाल पोल्ट्री महासङ्घको तेस्रो अधिवेशनको आज उहाँले राज्यको पुरातन सोच र ऐन कानुनमा रहेको अन्तरविरोधले उद्योग व्यवसायलाई आधुनिकीकरणमा जान चुनौती खडा गरिरहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सामान्य सुधारको ढङ्गबाट नभएर तत्काल परिणाम देखिने गरी काम गर्ने उहाको भनाई छ ।

पोल्ट्री व्यवसाय क्षेत्रका आय कर छुट र टहरा निर्माणलगायतमा सहुलियत दिने भनी घोषणा भएको विषयलाई कार्यान्वय गर्न सरकार गम्भीर रहेको पनि उहाँले बताउनु भयो ।

पशुपक्षी विकास मन्त्रालयका निमित्त सचिव श्यामप्रसाद पौडेलले व्यावसायिक रुपमा अघि बढन सकेको खण्डमा देशलाई आत्मनिर्भर बनाउन सकिने बताउनु भयो ।

नेपाल पोल्ट्रि महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले व्यवसाय सञ्चालन गर्न राज्यबाट अनुदान सहयोग र अनुकूल नीति भएमा आम नागरिकलाई अझै सस्तो मूल्यमा मासु र अन्डा उपलब्ध गराउन सकिने बताउनुभयो ।

भूकम्प र स्वायन फ्लुले ठूलो मारमा पारेको यो व्यवसायलाई सञ्चालनमा आवश्यक जग्गाको अभाव र निरुत्साहित गर्ने प्रवृत्तिले पनि अप्ठेरोमा पारेको व्यवसायीको गुनासो छ ।

पोल्ट्रि व्यवसायमा हाल एक लाख ५० हजार किसान संलग्न रहेका छन् भने वार्षिक कुखुराको मासु १० करोड ७९ लाख केजी उत्पादन हुने गरेका छन् ।

मुलुकमा हाल अन्डा मासिक २२ लाख उत्पादन हुँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी