सत्ता पक्षका सांसदद्वारा निर्वाचन मिति यथाशीघ्र घोषणा गर्न माग

सत्ता पक्षका सांसदद्वारा निर्वाचन मिति यथाशीघ्र घोषणा गर्न माग

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं , पुस २९ । सत्तारुढ दलका सांसदले स्थानीय तहको निर्वाचन मिति यथाशीघ्र घोषणा गर्न सरकारसँग माग गरेका छन् ।

आज बसेको व्यावस्थापिका संसदको बैठकमा बोल्दै कांग्रेसका सांसद दिपकप्रसाद कुइँकेल लामो समयदेखि स्थानीय निर्वाचन नहुँदा समस्या भएकोले यथाशीघ्र चुनाव गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तह पुनर्संचना आयोगले सरकारलाई बुझाएको प्रतिवेदनलाई जनस्तरमा पुर्याउनु पर्ने बताउनु भयो । सो प्रतिवेदनबारे जनप्रतिनिधिलाई समेत जानकारी नदिएको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनु भयो ।

सांसद सूर्यबाला राईले विपक्षी दलहरुले सरकारले निर्वाचन गर्न नचाहेको आरोप लगाएको उल्लेख गर्दै त्यसलाई चिर्न निर्वाचन मिति घोषणा हुनुपर्ने बताउनु भयो । यस्तै आजको बैठकमा बोल्दै नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले देशमा विदेशी हस्तक्षेप रोक्न संविधानमा नै प्रावधान राख्न माग गर्नुभएको छ ।

सांसद सुवालले नेपालमा बारम्बार भारत लगायत देशले हस्तक्षेप गरिरहेको भन्दै त्यसलाई रोक्न संविधान संशोधनमार्फत् प्रावधान राख्नुपर्ने माग गर्नुभयो । यस्तै उहाले भूकम्पपछिको पुननिर्माण, पुनर्स्थापना ठप्प भएको भन्दै पिडितलाई सरकारले नै घर बनाईदिन पर्ने बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ