विवादकाबीच उच्च अदालतमा न्यायधिश नियुक्ति

विवादकाबीच उच्च अदालतमा न्यायधिश नियुक्ति

नियुक्ति प्रक्रियाप्रति आपत्ती जनाउदै दुई सदस्यद्धारा बैठक बहिस्कार

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौ २९ पौष । 

विवादकाबीच न्यायपरिषदले उच्च अदालतमा न्यायधिश नियुक्ति गरेको छ । दुई सदस्यको अनुपस्थितिमा गएराति बसेको परिषद बैठकले उच्च अदालतमा ८० जना न्यायाधीश नियुक्त गरेको हो ।

परिषद अध्यक्ष समेत रहनु भएका प्रधान न्यायधिश शुसिला कार्की परिषदका पदेन सदस्य कानुनमन्त्री अजय शंकर नायक र माओवादी निकट परिषद सदस्य नियुक्त पदम वैदिक सहभागी बैठकले न्यायधिश नियुक्ति गरेको हो ।

नियुक्ति प्रक्रियाप्रति आपत्ती जनाउदै न्यायपरिषदका सदस्य रामप्रसाद सिटौला र वरिष्ठतम् न्यायधीश बैद्यनाथ उपाध्यायले बैठक बहिष्कार गर्नुभएको थियो । नियुक्त भएका न्यायाधीशबारे परिषदले औपचारिक जानकारी दिएको छैन ।
ब
न्यायधिश नियुक्तिको निर्णयमा तीन जनाको मात्रै हस्ताक्षर रहेको छ । ५ सदस्यीय परिषदले बहुमतको आधारमा न्यायधीश नियुक्ति गरेपनि यसले विवाद निम्त्याउने देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ