काठमान्डौ, पुस २९ ।
झापाको दमक–१६ स्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सवारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा उर्लाबारी ४ का २१ वर्षीय गौरव श्रेष्ठ रहेका छन् ।
दमकबाट उर्लाबारीतर्फ जाँदै गरेको को १० प ४६४३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक श्रेष्ठको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परी घाइते भएका मोटरसाइकलको पछाडि सवार उर्लाबारी–४ कै २२ वर्षीय आकाश कार्कीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline