काठमान्डौ, पुस २९।
स्पेनिस कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा रियल मड्रिड सेभिल्लासँग बराबरीमा रोकिएको छ । यी दुई टोलीले ३–३ को बराबरी खेल्दै अंक बाडेका हुन् ।
निर्धारित ९० मिनेटसम्म ३–२ ले पछि परेको रियल मड्रिडका करिम बेन्जमाले ईन्जुरी समयमा एक गोल थप्दै रियललाई हारबाट जोगाएका हुन् । बरीबरी गरेसँगै रियल मड्रिडले ४० अपराजित श्रृंखलाको कीर्तिमान बनाएको छ ।
यसअघि रियल मड्रिडकै डानिलोले एक आत्माघाती गोल गरेपछि सेभियाले सुरुवाती अग्रता लिएको थियो । सेभियाका लागि दोस्रो र तेस्रो गोल जोभेटिच र ईबोराले गरेका हुन् ।
रियल मड्रिडका लागि भने बेन्जमाले तेस्रो गोल गर्नुपूर्व मार्को एसेन्सीयो र सर्जियो रामोसले एक–एक गोल गरेका हुन ।
यस्तै गएराती भएका अन्य खेलहरुमा सेल्टा भिगोले भ्यालेन्सियालाई २÷१ ले हराँउदा आईबार र ओसासुनाले गोलरहित बराबरी खेलेका छन् ।