नेपाल आयल निगम फेरी घाटामा

नेपाल आयल निगम फेरी घाटामा

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

पुष २९ काठमाण्डौं । तीन वर्ष सम्म लगातार नाफामा रहेको नेपाल आयल निगम पुनः घाटामा गएको छ । आईओसीले ईन्धनको मुल्य वृद्धि गरेर पठाए पछि आयल निगम जनवरी महिनामा मात्रै ४ करोड घाटामा गएको प्रवक्ता भानुभक्त खनालले बताउनु भयो ।

डिसेम्बर महिनामा २८ करोड नाफा रहेको निगम ग्यास र डिजेलमा बढेको मुल्यका कारण घाटामा गएको हो । अहिले अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य केही वृद्धि भएको र त्यसलाई आधार मानेर आईओसीले मुल्य बढाएर तेल नेपाल पठाउन थालेको छ ।
प्रवक्ता खनालका अनुसार ग्यासमा ७ सय २५ रुपैया र डिजेलमा ९ रुपैया प्रति लिटर घाटा देखिएको छ । केही समय अघि तेलको मुल्य वृद्धि भएकोमा विरोध भएको थियो ।
यो घाटालाई लक्षित गर्दै पुनः पेट्रोलियम पदार्थ र ग्यासको मुल्य बढ्न सक्ने निगम स्रोतले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी