खप्तड गोल्डकपमा आज सुदुरपश्चिम र संकटा भिड्ने

खप्तड गोल्डकपमा आज सुदुरपश्चिम र संकटा भिड्ने

  • शुक्रबार, पुस २९, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ २९ पौष । 

धनगढीमा जारी प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकपमा आज आयोजक सुदुरपश्चिम ११ र संकटा क्लबबीच प्रतिस्पर्धा हुदैछ ।

दोस्रो सेमिफाइनल अन्तरगत यी दुई टोलीबीचको खेल दिउँसो धनगढी रंगालामा हुनेछ । दुवै टोली आजको खेलमा जीत हात पार्दै फाइनल पुग्ने दाउका साथ मैदान उत्रदैछन् ।

यसअघि हिजो भएको खेलमा भारतको दिल्ली युनाइटेड क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै लक्ष्मी हुन्डाई मनाङ मस्र्याङ्दी कलब प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

मनाङका लागि कप्तान अनिल गुरुङले २ तथा विदेशी खेलाडी ओलावाले ए गोल गरे भने सुरुवाती अग्रता लिएको दिल्लीका लागि थोपीले एक गोल गरेका थिए ।

आजको विजेता टोलीले भोली हुने फाइनल खेलमा मनाङसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेता टोलीले ५ लाख नगद हात पार्नेछ भने उपविजेताले २ लाख ५१ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी