फिफा र्याङकमा नेपाल ६ स्थान माथि उक्लियो

फिफा र्याङकमा नेपाल ६ स्थान माथि उक्लियो

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, पुस २८ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले जारी गरेको नयाँ विश्व वरीयताक्रममा सुधार गर्दै नेपाल ६ स्थान माथि उक्लिएको छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयताक्रममा ६ स्थान माथि जादै नेपाल १७५औं स्थानमा पुगेको छ । अघिल्लो महिना सार्वजनिक गरिएको वरीयताक्रममा ५ स्थान सुधार गर्दै १८१औं स्थानमा रहेको थियो ।

पछिल्लो समय राम्रो नतिजा निकालिरहेको नेपाली टोलीले दक्षिण एसियामा पनि आफ्नो स्थान सुधार गर्दै चौथो स्थानमा उक्लिएको छ ।

भारत विश्वमा १२९औं स्थानसहित दक्षिण एसियामा शीर्ष स्थानमा रहँदा माल्दिभ्स १४५औं स्थानसहित दक्षिण एसियामा दोस्रो स्थानमा रहेको छ ।

१५१औं स्थानसहित अफगानिस्तान दक्षिण एसियामा तेस्रो, १७६औं स्थानसहित भुटान दक्षिण एसियामा पाँचौ, १९०औं स्थानसहित बंगलादेश दक्षिण एसियामा छैटौं, विश्व वरीयतमा १९६औं स्थानसहित श्रीलंका दक्षिण एसियामा सातौं र १९७औं स्थानसहित पाकिस्तान दक्षिण एसियामा अन्तिम स्थानमा रहेको छ ।

फिफाको वरीयताक्रममा अर्जे्न्टिना पहिलो नम्बरमा कायमै छ । दोस्रोमा ब्राजिल, तेस्रोमा जर्मनी, चौथोमा चिली र पाँचौंमा बेल्जियम रहेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी