काठमाडौं २८ पुष । एमाले अध्यक्ष केपी ओलीले माओवादीलाई आफुले कम्युनिष्ट नमान्ने बताएका छन् । यदि कसैले माओवादालाई कम्युनिष्ट भन्छ भने आफु कम्युनिष्ट नहुने अर्को घोषणा पनि उनले गरेका छन् । एमाले नेता प्रदिप नेपालको राजधानिमा आयोजित पुस्तक बिमोचन कार्यक्रमा बोल्दै उनले देश र जनताको नाममा समर्पित हुन नसक्ने पार्टी कम्युनिष्ट हुन नसक्ने बताएका हुन् ।
प्रदिप ज्ञवालीको जन्मदिनको केक काट्ने कार्यक्रममा बोल्दै प्रसंगवस उनले भने ‘माओवादी कम्युनिष्ट हो भने म कम्युनष्टि होइन । ‘ म अझ पनि भन्छु कम्युनिष्ट त देश जनता राष्ट्रका लागि समर्पित हुनुपर्छ ।’ उनले भने ।
अध्यक्ष ओलीले राजनीतिमा लागेको ५२ वर्षमा आफुले एकदिन पनि भ्रष्टाचार र ढाँटछल नगरेको दावी पनि गरे । यदि कसैले प्रमाणित गर्छ भने आफु चुनौति दिन तयार रहेको उनले बताए ।
नेपालको राजनीतिमा विभिन्न खालका शक्तिहरु रहेकोले जनताले इमान्दार नेताहरुलाई चिन्न सक्नुपर्ने उनले बताए । ’सबै नेता राम्रा छन् भन्न सकिदैन, जनताले थाहापउनु पर्छ’ । लम्पसारवाद त्यसै भनेको हो र?’ ओलीले भने ।
कार्यक्रममा अध्यक्ष ओलीले राजावादी मानिने राप्रापाको पनि आलोचना गरे । पृथ्वीनारायण शाहको कार्यक्रममा बोलाएर बहुदलीय व्यवस्थाको आलोचना गरेको भन्दै उनले असन्तुष्टि जनाए । पृथ्वी जयन्तीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापानमा उक्त पार्टीका नेताहरुले लोकतन्त्र र बहुदलीय व्यवस्थाको आलोचना गरेको भन्दै ओलीले असन्तुष्टी जनाए ।
’राष्ट्रिय एकता दिवस भनेर चिया खान बोलाइयो । तर बहुदलीय व्यवस्था लोकतन्त्रको सत्तो सराप गरियो’ ओलीले भने ’गेष्ट बनेर बोलाउने चक्कु लिएर छाला काढेको जस्तो गर्ने?’ ।
नेपालमा गणतन्त्र ल्याउन महत्वपुर्ण भुमिका खेलेकोे माओवादीलाई कम्युनिष्ट होइन भनेपनि अन्तमा उनले राजतन्त्र चाहियो भन्नु लज्जास्पद कुरा भएको भन्न भने छुटाएनन् ।