स्ववियू निर्वाचन राजनितिक दलको जनमत नाप्ने ब्यारोमिटर

स्ववियू निर्वाचन राजनितिक दलको जनमत नाप्ने ब्यारोमिटर

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.3K
    SHARES

पौष २८, काठमाडौं ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामो समयदेखि स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन नहुँदा विद्यार्थी राजनीतिमा गतिरोध पैदा भएको बताउनु भएको छ ।

अनेरास्ववियू (क्रान्तिकारी) को पदाधिकारी बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले गतिरोधको अन्त्य गर्न र विद्यार्थी राजनीतिमा नयाँ पुस्ता र सोंचको विकासका लागि पनि स्ववियू निर्वाचन गर्न आवश्यक रहेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन जनमत नाप्ने ब्यारोमिटर हुने पनि बताउनु भयो ।

मुलुक स्थानीय निर्वाचनको दिशामा अगाडि बढेको भन्दै उहाले स्थानीय निर्वाचनपूर्व हुने स्ववियू निर्वाचन दलहरुका लागि जनमत नाप्ने ब्यारोमिटर भएको बताउनु भयो ।

स्ववियू निर्वाचनमा क्रान्तिकारीको एजेण्डाले जितेको स्मरण गराउँदै उहाँले त्यही सोंच र जिम्मेवारीबोध सहित निर्वाचनको तयारी गर्न पनि आग्रह गर्नुभएको छ ।

स्ववियू निर्वाचनमा २८ वर्षे उमेर हदको व्यवस्थासहित निर्वाचन हुन लागेको भन्दै उहाले एजेण्डामा जिते जस्तै अब जनमतमा पनि आफ्नो पकड बलियो बनाउनुपर्ने बताउनु भयो ।

बैठकमा क्रान्तिकारीका नेताहरु नरेन्द्र न्यौपाने, अनिल शर्मा, रामचन्द्र अधिकारी, मदन अर्याल, रञ्जित तामाङ, बीरेन्द्र बस्नेत लगायतका नेताहरुले विद्यार्थी राजनीतिको अवस्था र स्ववियू निर्वाचनबारे रिपोर्ट राख्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ