पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.2K
    SHARES

काठमाडौँ, २८ पुस ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानअनुरुप पूर्ण प्रेस स्वतन्त्रताको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भारत, बङ्गलादेश र साइप्रसका प्रेस काउन्सिलका प्रतिनिधिसँगको भेटमा उहाँले नेपालको शान्ति प्रक्रिया र संविधान निर्माणमा प्रेसको निकै ठूलो भूमिका रहेको बताउनुभयो ।

प्रेस लोकतन्त्र र सुशासनको आधारस्तम्भ भएको र प्रेसको सकारात्मक भूमिका भएकै कारण शान्ति र संविधान लेखन प्रक्रिया टुङ्गोमा पुगेको उहाँको भनाई छ ।

प्रधानमन्त्री दाहालले २१ औँ शताब्दी सूचना र प्रविधिको युग भएको हुँदा सूचना र प्रविधिको विकासले विश्व जगत्मै महत्वपूर्ण परिवर्तन ल्याएको धारणा राख्नुभयो ।

सो अवसरमा भारतीय प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् चन्द्रमौली कुमार प्रसाद, बंगलादेश प्रेस काउन्सिलका अध्यक्ष जस्टिस् ममताज् उद्दिन अहमेद, प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्की, नेपाल पत्रकार महासङ्घका प्रतिनिधिसहित साइप्रस प्रेस काउन्सिलका प्रतिनिधि अलि हान्श्री र प्रेस काउन्सिलका प्रतिनिधि उपस्थित हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ