सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमान्डौ ,पुस २८।

मुलुकका बिभिन्न स्थानमा भएको छुट्टा छुट्टै सवारी दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ ।

जाजरकोट सदरमुकामबाट ढिमेमा आज बिहान ट्र्याक्टर पल्टिँदा भेरीमालिका–२ का २४ वर्षीय हरिबहादुर पुनको घटनास्थलमै मृत्यु भएको छ ।

घरङ्गा पौष्टिक आहार लिएर गएको भे १ त ५७०७ नम्बरको ट्र्याक्टर ढिमे–१ चुइकमा पल्टिँदा सहचालक पुनको मृत्यु भएको हो ।

ट्र्याक्टर चालक सुर्खेतका लालबहादुर चदारा घाइते भएका छन् । घाइतको उपचारका लागि सदरमुकाम ल्याउँदै गरेको प्रहरी प्रमुख भावेश रिमालले वताउनुभयो ।

यस्तै , बुटवल–४ मैनाबगर चोकमा आज बिहान लु १ ख ८२४९ नम्बरको ट्रकको ठक्करले लु २० प ३९४८ नम्बरको स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी स्कुटरमा रहेका २४ वर्षकी तुलसा पाण्डको मृत्यु भएको हो । गुल्मी अश्लेवा घर भई बुटवल–१३ देवीनगरमा डेरागरी बस्ने पाण्डेको उपचारको क्रममा लुम्विनी अञ्चल अस्पताल बुटवलमा मृत्यु भएको हो । ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता , धादिङमा आजै भएको ट्याक्टर दुर्घटनामा गारेखाका १९ वर्षीय कुमार गुरुङको मृत्यु भएको छ ।

चालक नभएको बेला सहचालकले चलाएको ट्याक्टर अनियन्त्रीत भइ दुर्घटना हुदाँ त्यसमा सवार गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी सहचालक पूर्ण नेपाली घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ