काभ्रे। “एेतिहासिक जातिय तथा धार्मिक पहिचान स्थापना गरौँ ” तामाङ समुदायमा ल्होछार संस्कृतिक पर्व मनाऔ” भन्ने मुल नाराको साथमा १८५३ औँ ज्या ल्होछार(चरा वर्ष)को अवसरमा काभ्रे जिल्लाको संर्स्यूखर्क गाविस , लामागाँउ (तिमाल) भन्ने ठाउमा विभिन्न ख्याति प्राप्त कलाकारहरुको साथमा यहि आउदो माघ-८ गते शनिबारको दिन सोनाम ल्होछार भव्य रुपमा मनाउँदै छन।
पछिल्लो चरण तामाङ समुदायमा सोनाम ल्होछार र ग्याल्पो ल्होछारको विभाद देखिए त पनि काभ्रे क्षेत्रमा भने पहिल्यै देखि सोनाम ल्होछार मनाउँदै आएको र यसपालि पनि सोनाम ल्होछार नै मनाउँने त्यहाँका स्थानीय युवाहरुले हामीलाई जानकारी गराएका छन।
कलाकारहरु विशाल काल्तान, विकु थोकार, प्रयास दोङ जोग लाल तामाङ,बिशाल थिङ,जितु लोप्चन लगाएत स्थानीय कलाकारहरुको पनि बिजोड प्रस्तुति रहाने उक्त ल्होछार कार्यक्रममा प्रमुख अतिथि भने समाजसेवी गणेशमान योन्जन रहेका छन।
गणेशमान योन्जन विगत लामो समय देखि जापानी नागरिकहरुको साथमा काभ्रेको दुर्गम क्षेत्रहरुमा शैक्षिक क्षेत्र, खानेपानी,गुम्बा लगाएतमा सहयोग गर्दै आउने चर्चित समाजसेवी पनि हुन।
उक्त कार्यक्रम अर्को समाज सेवी उज्वल तामाङ , धन बहादुर तामाङ लगाएतका अन्या विशिष्ट व्यक्तिहरुको पनि उपस्थिति रहनेछ। काभ्रेको तिमाल तामाङ राजा ह्रेन्जेन दोर्जेको राजदरबार भएको स्थान भएकोले पनि त्यहाँको ल्होछार अलि विशेष हुने बुद्धिजीवीहरु बताउछन् । उक्त कार्यक्रममा झांग्री नाच, डम्फू नाच र लामा नाच पनि प्रस्तुत हुने भएको छ।।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline