काठमान्डौ पुस २८।
रामेछापमा गएराति भएको सवारी दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिरपानी १ का दीनेश माझी र कुमार माझी रहेका छन् ।
सदरमुकाम मन्थलीबाट बालूवा लिएर गाल्वा जाँदै गरेको बा ४ ख १७१५ नम्बरकोे मिनी ट्रक पकरबास २, ठांटीमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्थानीय जुगल मगर घाइते भएका छन् । ट्रक सडकबाट ५० मिटर तल खसेको बताइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline