मौसममा आएको खराबीका कारण त्रिवि उडान प्रभावित

मौसममा आएको खराबीका कारण त्रिवि उडान प्रभावित

  • बिहिबार, पुस २८, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौं, पुस २८।
काठमाडौं उपत्यकामा हुस्सु लागेपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । भिजिविलिटि कम भएपछि अहिले कुनै पनि उडान नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले विमानस्थलको भिजिविलिटि एक हजार मिटरमा झरेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । ९ बजेपछि भिजिविलिटि बढ्ने र त्यस पछि भने सबै उडान नियमित हुने मौसमविद् श्रेष्ठले जानकारी दिनु भयो ।

आज पहाडी क्षेत्रको मौसम दिनभरि नै आशिंक बदली हुने उहाँले बताउनुभयो । मौसमविद् श्रेष्ठका अनुसार मध्य र पूर्वी नेपालको मौसम सफा हुनेछ ।

तर शनिबार पश्चिमी वायु सक्रिय हुने देखिएकाले देशका धेरै ठाउँमा पानी पर्ने संभावना छ । गएको २४ घण्टामा लुम्लेमा १ दशमलव ६ मिलिमिटर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा यो वर्षकै कम न्यूनतम तापक्रम मापन गरिएको छ । महाशाखाका अनुसार गएको २४ घण्टामा काठमाडौंको तापक्रम २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ