काठमाडौं, पुस २८।
वरिष्ठ पत्रकार मणिराज उपाध्यायको ९४ वर्षको उमेरमा गएराति निधन भएको छ ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत रहेका पत्रकार उपाध्यायको विगत एक वर्षदेखि गंगालाल हृदयरोग अस्पतालमा उपचार भइरहेको थियो । उहाँको गएराति उपचारकै क्रममा निधन भएको हो ।
उपाध्यायको आज बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गर्ने तयारी रहेको नेपाल पत्रकार महासंघले जनाएको छ ।
उहाँले तत्कालीन पत्रकार संघमा २०४३ देखि २०४६ सालसम्म सभापतिको हैसियतमा नेतृत्व गर्नुभएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline