काठमान्डौ पुुस २८ ।
धनगढीमा जारी प्रथम अन्तराष्ट्रिय आमन्त्रित सुदूरपश्चिम खप्तड गोल्डकपमा आज पहिलो सेमिफाइनलको खेल हुदै छ । आज हुने पहिलो सेमिफाइन खेलमा मनाङ मस्र्याङदी र दिल्ली युनाइटेड विच प्रतिस्पर्धा हुने छ ।
यी दुइ टोली विचको खेल धनगढी रंगशालामा दिउसो हुने छ । यस अघि हिजो भएको खेलमा संकटा क्लब प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
संकटाले विभागीय टोली नेपाल आर्मीलाई २ – १ ले पराजित सेमिफाइनलको यात्रा तय गरेको हो ।
भारतका २ भुटानको १ र नेपालका ९ गरी १२ टोली सहभागी प्रतियोगिता आगामी माघ १ गते सम्म सञ्चालन हुने छ । प्रतियोगिताको विजेता टोली ले पाँच लाख र उपविजेताले दुइ लाख ५१ हजार रुपैया पुरस्कार प्राप्त गर्ने छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline