आर्मीललाई हराउदै संकटा सेमिफाइनल प्रवेश

आर्मीललाई हराउदै संकटा सेमिफाइनल प्रवेश

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौ २७ पौष ।  

धनगढीमा जारी सुदुरपश्चिम खप्तड गोल्डकप फुटवल अन्तरगत आजको अन्तिम क्वाटरफाइनल खेलमा संकटा क्लब काठमाडौ सेमिफाइनलमा प्रवेश गरेको छ ।

धनगढी रंगाशालामा आज भएको खेलमा विभागीय टोली नेपाल आर्मीलाई २–१ गोल अन्तरले पराजित गर्दै संकटाले प्रतियोगिताको अन्तिम चारमा स्थान बनाएको हो ।

सङ्कटाका लागि खेलको १६ औँ मिनेटमा मार्टिन एजीले पहिलो गोल गरेका थिए । त्यस्तै २५ औँ मिनेटमा मार्टिनले नै दोस्रो गोल गर्दै सङ्कटालाई २–० को अग्रता दिलाए ।

खेलको दोस्रो हाफको ६१ औं मिनेटमा आर्मीका टंक बुढाथोकीले एक गोल पर्काएका थिए । सुदुरपश्चिम ११ फुटवल क्लबको आयोजनामा गत पौष २१ गतेदेखि सुरु प्रतियोगिताको सेमिफाइनल खेल भोलीबाट सुरु हुनेछ ।

पहिलो सेमीफाइनलमा भोली भारतको दिल्ली युनाइटेड र काठमाडाँैको मनाङ मस्र्याङ्दी प्रतिस्पर्धा गर्नेछन् । त्यस्तै शुक्रबारको दोस्रो सेमिफाइनलमा आयोजक सुदुरपश्चिम ११ र सङ्कटाबीचको खेल हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी