कालिमाटी बाहेकका तरकारी बजारमा पनि विषादीको मात्रा परीक्षण सुरु

कालिमाटी बाहेकका तरकारी बजारमा पनि विषादीको मात्रा परीक्षण सुरु

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ २७ पौष ।  

बाली संरक्षण निर्देशनालयले उपत्यकाका विभिन्न तरकारी बजारमा विषादी परीक्षण सुरु गरेको छ । किसानले विषादी हालेको तरकारी कालीमाटी बाहेक अन्य बजारमा बिक्री गर्न थालेपछि विषादी परीक्षण सुरु गरेको हो ।

उपत्यकामा तरकारी र फलफूल भित्रने नाकालाई लक्षित गरेर परीक्षण थालिएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले जानकारी दिनुभयो ।

थानकोट, फर्पिङ, बालाजु, जगातीलगायत उपत्यकामा तरकारी भित्रने नाका लक्षित गरेर तरकारी तथा फलफूलमा विषादीको मात्रा परीक्षण थालेको शर्माको भनाइ छ ।

कालीमाटी बजारमा मात्रै विषादीको परीक्षण हुँदा अन्य स्थानमा विषादी भएका तरकारी फलफूल बिक्री हुनसक्ने देखिएपछि अन्य स्थानमा पनि विषादी परिक्षण सुरु गरिएको निर्देशनालयले जनाएको छ ।

कालीमाटीस्थित तरकारी तथा फलफूल बजारमा दुई वर्षदेखि विषादी अवशेष द्रूत विश्लेषण इकाइको स्थापना गरेर नियमित परीक्षण गरिँदै आएको छ ।

नेपालमा अत्यन्त घातक मानिने १६ वटा विषादी प्रयोग गर्न प्रतिबन्ध लगाएको निर्देशनालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी