विमानस्थलको सुरक्षा प्रणालीबारे छलफल गर्ने निधीको भनाई

विमानस्थलको सुरक्षा प्रणालीबारे छलफल गर्ने निधीको भनाई

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, पुस २७, ।

सरकारले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै ठूलो परिमाणमा सुन तस्करी हुन थालेपछि विमानस्थलको सुरक्षा र अन्तर समन्वयबारे गम्भीर छलफल थाल्ने भएको छ ।

सिंहदरबारमा आज बसेको संसदको अर्थ समितिको बैठकमा बोल्दै उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले विमानस्थलको सुरक्षा प्रणालीसँगै अन्य विभाग र सरोकारवाला निकायसँगको समन्वयबारे विशेष छलफल गरिने जानकारी दिनुभयो ।

गत बिहीबार त्रिुभवन विमानस्थलबाट ३३ किलो सुन प्रहरीले बरामद गरेपछि संसदीय समितिले चासो देखाएको हो ।

गृहमन्त्री निधिले सुन कसको लागि ल्याइएको भन्ने पत्ता लगाउन प्रहरीलाई आवश्यक निर्देशन दिइसकेको जानकारी दिनुभयो । यसबारे नयाँ तरिकाले संगठित अपराध कसुर ऐन अन्तर्गत अनुसन्धान भइरहेको पनि उहाको भनाई छ ।

समितिले हिजै सोही विषयमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलिप रेग्मीसँग पनि छलफल गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी