काठमाण्डौ ,२७ पुस ।
सरकारले राष्ट्रिय बिदालाई पुनरावलोन गर्ने भएको छ ।
आज बसेको मन्त्रीपरिषद बैठकले राष्ट्रिय पर्व र चाड बिदालाई पुनरावलोकन गरी एक महिनाभित्र प्रतिवेदन पेस गर्न गृह मन्त्रालयलाई जिम्मा दिएको छ ।
राष्ट्रिय एकता दिवस र पृथ्वीनारायण शाहको जन्मदिनका अवसरमा बिदा दिन तिब्र दबबाब परेपछि रिकारले समग्र बिदालाई पुनरावलोन गर्न लागेको हो ।
पुनरावलोकन गर्दा कुन बिदा राष्ट्रिय वा कुन बिदा आञ्चलिकरुपमा दिने भन्ने पनि निक्र्यौल हुनेछ ।
यस्तै बैठकले भूकम्प प्रभावित विद्यालयमा पुनःनिर्माणका कामलाई गति दिन अस्थायी दरबन्दीमा कर्मचारी नियुक्त गर्ने निर्णय पनि गरेको छ ।
सरकारका प्रवक्तासमेत रहनुभएका सन्चारमन्त्री सुरेन्द्र कार्कीले निजामती कर्मचारीको उमेर बढाउने प्रस्तावसहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय भएको जानकारी दिनुभयो ।