डेढवर्ष देखि श्रीमानको शव कुरेकी श्रीमतीको पनि मृत्यु

डेढवर्ष देखि श्रीमानको शव कुरेकी श्रीमतीको पनि मृत्यु

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

काठमान्डौ पुस २७ ।
साउदी अरबमा मृत्यु भएका श्रीमानको शवको पर्खाइमा रहेकी रोल्पाकी एक महिलाको मृत्यु भएको छ । डेढ वर्षअघि मृत्यु भएको श्रीमानको शव को पर्खामा बसेकी रोल्पा लिवाङ–९ एक महिलाको श्रीमानको लास हेर्न नपाउँदै मृत्यु भएको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान खुमबहादुर गुरुङको मृत्युपश्चात् तनावमा रहेकी कमला गुरुङको गत सोमबार दिउँसो २ बजे आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । यद्यपी उनको हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

मृतककी सासूले बुहारी एक्कासी बेहोस भई लडे पछि छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छिमेकीले खुट्टा मालिस गर्दै गर्दा मृत्यु भएको छिमेकीले बताएका छन् ।

मृत्यु भएको खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालय, रोल्पाको एक टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । घटनाको थप अनुसन्धानसमेत भइरहेको प्रहरीले जानकारी दिएको छ ।

साउदी अरबमा कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको कमलाको श्रीमानको शव लामो समय भइसक्दा समेत नेपाल आउन सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ