काठमान्डौ पुस २७ ।
महोत्तरीको रामनगरस्थित एभरेस्ट सुगर एन्ड केमिकल इन्डस्ट्रिजमा गएराति उखु झार्ने अनलोडर मेसिनमा च्यापिएर एकजना मजदुरको मृत्यु भएको छ । मत्यु हुनेमा भारतको बेतिया घर भएका २२ वर्षीय मल्लु तिवारी रहेका छन् ।
उद्योगमा किसानले ल्याएका उखु अनलोड गर्ने क्रममा किरान भनिने अनलोडर मेसिनले च्यापेर तिवारीको मृत्यु भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
यस्तै एभरेस्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिजको अखिल नेपाल औद्योगिक मजदुर सङ्घका अध्यक्ष देवनारायण महतोले मृतक मजदुरका परिवारलाई १० लाख क्षतिपूर्ति दिन र उनका आश्रित परिवारजनलाई रोजगारी दिन माग गर्नु भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline