आज २ सय ९५ औ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै

आज २ सय ९५ औ पृथ्वी जयन्ती विभिन्न कार्यक्रम गरी मनाइदै

  • बुधबार, पुस २७, २०७३
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमान्डौ पुस २७ ।
आज पुस २७ गते नेपाल एकीकरण गर्ने तत्कालीन राजा पृथ्वीनारायण शाहको २ सय ९५ औ जन्मजयन्ती मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

गोरखा राज्यका तत्कालिन राजा पृथ्वी नाराण्यण शाहले आफ्नो कार्यकालमा काठमाडौ उपत्यका सहित अन्य बाइसे चौविसे राज्यलाई मिलाएर आधुनिक नेपाल निर्माण गर्नुभएको थियो ।

विक्रम सम्वत् १७७९ पौष २७ मा पिता नरभूपाल शाह र माता कौशल्यवती देवीका प्रथम पुत्रको रुपमा पृथ्वी नारायण शाहको जन्म भएको थियो ।

पृथ्वी जयन्तीका अवसरमा विभिन्न राजनीतिक दल तथा निजी क्षेत्रको पहलमा आज विभिन्न कार्यक्रमको आयोजना गरिएको छ ।

वि सं २००७ सालपछि पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउदै सार्वजनिक बिदा दिँदै आएकोमा लोकतन्त्रको स्थापनापछि भने सरकारले राष्ट्रिय स्तरबाट यो दिवसलाई खारेज गरेको छ ।

यद्यपी नागरिक समाज तथा केही दलले भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउदै आएका छन् । पछिल्लो समय पुस २७ लाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनुपर्ने आवाज उठे पनि राजनितिक मुद्धा जोडिएको भन्दै सरकारले यस विषयमा कुनै निर्णय लिएको छैन ।

यसैवीच कमल थापा नेतृत्वको राप्रपाले पृथ्वी जयन्तीको अवसरमा आज दिउँसो भृकुटीमण्डपमा चियापान समारोहको आयोजना गरेको छ ।

दिउँसो १ बजेदेखि ४ बजेसम्मका लागि आयोजना गरिएको चियापानमा प्रधानमन्त्री पुष्पकमल दाहाल देखि प्रमुख दलका शीर्ष नेताहरुलाई समेत बोलाइएको राप्रपाले जनाएको छ ।

राप्रपाले प्रत्येक वर्ष पृथ्वीजयन्तीको अवसरमा चियापान समारोहको आयोजना गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ