काठमान्डौ पुस २७ ।
प्रतिवन्धित भारतीय पाँच सय र हजारको नोट सटही प्रक्रियाबारे छलफल गर्न नेपाल राष्ट्र बैंकका टोली आज भारत जाँदै छ ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी नेतृत्वको टोली आज भारु सटहीको विषयमा कुरा गर्न त्यस तर्फ जान लागेको हो ।
डेपुटी गभर्नर शिवाकोटीसँगै टोलीमा राष्ट्र बैंकका विदेशी बिनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगाना, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा दिल्लीस्थित नेपाली दूतावासका प्रतिनिधि सहभागी हुनेछन् ।
टोलीले नेपालको बैंकिङ प्रणाली र प्रणालीबाहिर रहेको भारतीय नोट सटहीको विषयमा मोडालिटी लिएर जाने बताइएको छ ।
नेपाली टोलीले भारतीय पक्षसँग एउटा व्यक्तिले प्रतिबन्धित भारु नोट एकै पटक साट्न पाउने र त्यसको रेकर्ड राख्ने व्यवस्था लगायतको प्रस्ताव राख्ने तयारी गरेको जनाइएको छ ।