भक्तपुर साहित्य समाजद्धारा साहित्यकारहरु सम्मानित

भक्तपुर साहित्य समाजद्धारा साहित्यकारहरु सम्मानित

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

पुष २६ भक्तपुर । भक्तपुर साहित्यिक समाजले साहित्य क्षेत्रमा महत्वपुर्ण योगदान गर्ने ३ स्रष्टाहरुलाई सम्मान गरेको छ । भक्तपुर थिमीको यचुपार्टी प्यालेसमा भएको कार्यक्रममा इलामका ८० वर्षिय स्रष्टा श्यामकृष्ण श्रेष्ठ, भक्तपुरकै संस्कृतिविद् प्रा.डा. पुरुषोतमलोचन श्रेष्ठ र साहित्यकार जननीप्रसाद मुललाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले उनिहरुलाई सम्मान गरेका थिए ।
समाजको १८ औं स्थापना दिवसको अवशरमा स्रष्टा सम्मान सँगै ५७ औं शृङ्खला पनि संचालन गरिएको थियो । शृङ्खलामा समाजबाट पुर्व सम्मानित स्रष्टाहरु रोशनकुमार राजभण्डारी, धनमान श्रेष्ठ, तिलकप्रकास श्रेष्ठ र हरिहर तिमिल्सिनाले सृजना वाचन गरेका थिए ।
प्रतिष्ठानका कुलपति उप्रेतीले भक्तपुर साहित्यिक समाजले गरेको स्रष्टा सम्मानको प्रशंसा गर्दै भने, उचित व्यक्तित्वहरुलाई छनौट गर्न सफल भएको बताए ।
कार्यक्रममा समाजलाई योगदान दिने विभिन्न साहित्यकार र व्यक्तीहरुलाई कदरपत्र समपर्ण गरिएको थियो भने आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेको थियो । समाजका अध्यक्ष राजुराम मुनकर्मीले आगामी ५८ औं साहित्यिक वाचनको विशेष तयारी भइसकेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी