सन् २०२६ मा हुने विश्वकप फुटबलदेखि ४८ टिम सहभागी हुने

सन् २०२६ मा हुने विश्वकप फुटबलदेखि ४८ टिम सहभागी हुने

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी २६ पौष ।  

फुटबलको सर्वाधिक लोकप्रिय प्रतियोगिता विश्वकप फुटबलमा सन् २०२६ देखि ४८ टिम सहभागी हुने भएका छन् । हाल ३२ टिम रहेकामा सन् २०२६ सम्म विश्वकप खेल्ने टिमको संख्या ४८ पुग्ने जनाइएको छ ।

स्वीट्जरल्यान्डको ज्यूरिचमा आज भएको फिफाको बैठकले उक्त निर्णय गरेको हो । यो सँगै विश्वकप फुटबलको अन्तिम चरण हुँदै आएका ६४ खेलको संख्या बढेर ८० पुग्नेछन् ।

त्यस्तै, विश्वकप सकिन ३२ दिन लाग्ने समेत जनाइएको छ । सन् १९९८ को फ्रान्स विश्वकपदेखि विश्वकपमा ३२ टिमले सहभागिता जनाउँदै आएका छन् ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले फुटबललाई अझ बढी विस्तार गर्नका लागि र विश्वकपलाई थप रोमान्चक बनाउन टिम संख्या बढाइएको प्रतिक्रिया दिएका छन् ।

सन् १९३० को पहिलो विश्वकपमा भने १३ टिमले मात्र सहभागिता जनाएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी