विद्युत् बक्यौताको विवरण उपलब्ध गराउन स्थानीय विकास मन्त्रालयको निर्देशन

विद्युत् बक्यौताको विवरण उपलब्ध गराउन स्थानीय विकास मन्त्रालयको निर्देशन

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काठमाडौ २६ पौष ।  

संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले तत्काल सडक बत्तीको विद्युत् बक्यौताको विवरण उपलब्ध गराउन तथा महसुल तिर्ने व्यवस्था मिलाउन महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई निर्देशन दिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले पटक÷पटक विद्युत् महसुल बक्यौता भएको भन्दै पत्राचार गरेपछि विद्युत बक्यौता विवरण मन्त्रालयमा उपलब्ध गराउन र प्राधिकरणको स्थानीय वितरण केन्द्रसँग समन्वय गरेर महसुल तिर्ने वातावरण बनाउन निर्देशन दिइएको हो ।

आव २०६६÷६७ देखि आव २०७२÷७३ सम्मको विद्युत् बक्यौता मात्रै करिब रु १४ अर्ब रहेको प्राधिकरणले जनाएको छ । वार्षिक रु दुई अर्बका दरले महसुल उठ्नुपर्नेमा महानगर, उपमहानगर र नगरपालिकाले बक्यौता तिर्न अटेर गरेपछि परिपत्र गरेको मन्त्रालयका उपसचिव प्रेमराज जोशीले जानकारी दिनुभयो ।

प्राधिकरणले सरकारी निकायले नै बक्यौता नर्तिदा समस्या भएको भन्दै ऊर्जा मन्त्रालय मार्फत महसुल उठाइदिन आग्रह गरेको थियो । मुलुकभर काठमाडौँ महानगरपालिका, १२ उपमहानगरपालिका र दुई सय १४ नगरपालिका छन् ।

प्राधिकरणको आग्रहका आधारमा तीन दिनभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको उपसचिव जोशीले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी