रुस्लान कप क्रिकेटमा पुलिसको विजयी सुरुवात

रुस्लान कप क्रिकेटमा पुलिसको विजयी सुरुवात

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, २६ पुस । दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाल पुलिस क्लब विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा हिमालयन क्रिकेट एकेडेमीलाई पराजित गर्दै पुलिसले विजयी सुरुवात गरेको हो ।

पुलिसले हिमालयन क्रिकेट एकेडेमीलाई ८१ रनले पराजित गर्यो ।

पहिले ब्याटिङ गरेको पुलिसले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १८३ रनको योगफल तयार ग¥यो । पुलिसका ब्याट्सम्यान सुनील धमलाले सर्वा्धिक ५४ रनको योगदान दिए ।

त्यस्तै, दिलीप नाथले २६ तथा कुशल भुर्तेलले नटआउट ३३ रन जोडे । एकसय ८४ रनको लक्ष्य पच्छ््याएको हिमालयन क्रिकेट एकेडेमी भने १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०२ रनमा समेटियो ।

हिमालयनका लागि भुपेन्द्र थापाले ७३ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेनन् । आजदेखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन उपराष्ट्रपति नन्दकिशोर पुनले गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी