काठमान्डौ २६ पुस ।
संसदीय समितिले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल र विभिन्न नाकाबाट ठूलो परिमाणमा भइरहेको सुन तस्करी प्रति कडा आपत्ति जनाएको छ ।
सिंहदरबारमा आज विहान बसेको संसदको अर्थ समितिको बैठकमा सभापति प्रकाश ज्वालाले पछिल्लो समय बढेको सुन तस्करी राष्ट्रिय लज्जाको विषय भएको बताउनु भयो ।
बैठकमा सभापति ज्वालाले सुन तस्करीमा संलग्न भरिया मात्र पक्राउ परेको बताउदै यसको मालिक कहा जान्छ भन्दै प्रश्न समेत गर्नु भयो ।
यस्तै अर्थमन्त्री कृष्णबहादुर महराले सुन तस्करीमा ठूलै संगठित गिरोह लागिपरेको भन्दै यसको सञ्जाल थुप्रै ठाउँमा रहेको दाबी गर्नु भयो ।
गत विहीबार अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट बाहिरिएको ३४ किलो सुन केन्द्रीय अनुसन्धान ब्यूरोले पक्रेको थियो । विमानस्थलको सुन तस्करी प्रकरण छानबिन गर्न भन्सार विभागले पाँच सदस्यीय समिति बनाइसकेको छ ।