मेस्सीलाई पछि पादै रोनाल्डो बने फिफा वर्ष खेलाडी

मेस्सीलाई पछि पादै रोनाल्डो बने फिफा वर्ष खेलाडी

  • मङ्लबार, पुस २६, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौ २६ पौैष ।  

यो वर्षको फिफा वर्ष खेलाडी अवार्ड पोर्चुगल तथा रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले जितेका छन् । फुटबलको सर्बोच्च निकाय फिफाको गएराति ज्युरिचमा भएको कार्यक्रममा रोनाल्डोलाई बेष्ट फिफा फुटबल अवार्ड प्रदान गरेका हुन् ।

गत महिना फ्रान्सेली फुटबल म्यागजिनले प्रदान गरेको बालोन डी’ओर अवार्ड जितेका रोनाल्डो अर्जेन्टिना तथा बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र फ्रान्स तथा एथ्लेटिको मड्रिडका खेलाडी एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै फिफा वर्ष खेलाडी बनेका हुन् ।

रोनाल्डोले गत वर्ष पोर्चुगललाई युरोकप तथा रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । फिफाले राष्ट्रिय टिमका कप्तान, प्रशिक्षक तथा छानिएका खेल पत्रकार र फुटबल समर्थकको मतका आधारमा वर्ष खेलाडी चयन गरेको हो ।

रोनाल्डोले कुल मतको ३४ दशमलव ५४ प्रतिशत मत पाएको फिफाले जनाएको छ । दोस्रो स्थानमा रहेका मेस्सीले २६ दशमलव ४२ तथा तेस्रो स्थानमा रहेका ग्रिजम्यानले ७ दशमलव ५३ प्रतिशत मत पाए ।

यस्तै अमेरिकाकी कार्ली लोइड वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भइन् । गएको ६ सिजन विश्व फुटबलको प्रशासकीय निकाय फिफा र फ्रान्सेली फुटबल म्यागजिनको सहकार्यमा फिफा बालोन डी’ओर प्रदान गरिँदै आएको थियो ।

तर गएको सेप्टेम्बरमा फिफाले म्यागजिनसँगको सहकार्य तोडेपछि फिफा र म्यागजिनले छुट्टाछुट्टै अवार्ड प्रदान गरेका हुन् । यद्यपी दुवै अवार्ड रोनाल्डोले नै जिते ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी