काठमाडौ २५ पौष ।
एमाले भातृ संगठन युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढामाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आफ्ना नेता रिहाइको माग गर्दै तरुण दलले आह्वान गरेको अनिश्चितकालीन बाँके बन्द फिर्ता लिएको छ ।
आन्दोलनको स्वरुपमा परिवर्तन गर्दै आज दिउँसो २ बजेबाट बन्दका कार्यक्रम फिर्ता लिइएको कांग्रेस नेपालगञ्ज उपमहानगर कार्यसमितिका सभापति प्रशान्त बिष्टले जानकारी दिनुभयो ।
भोली दलको बैठक बसेर थप छलफल गरी आन्दोलनका अन्य कार्यक्रम सार्वजनिक गर्ने जनाइएको छ । गत पुस १४ गते कोहलपुरमा खुकुरी प्रहार भएका बुढाथोकीको हाल भारतको लखनउमा उपचार भइरहेको छ ।
बुढाथोकीमाथि खुकुरी प्रहार गरेको आरोपमा तरुण दलका क्षेत्रीय सभापति दिग्विजय राणा, युवा संघका अञ्चल सदस्य ज्ञान थापा, लक्ष्मण मल्लसहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline