स्वदेश फिर्तीमा पहल गरिदिन भुटानी शरणार्थीको आग्रह

स्वदेश फिर्तीमा पहल गरिदिन भुटानी शरणार्थीको आग्रह

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

दमक, २५ पुस । भुटानी शरणार्थीहरुले स्वदेश फिर्तीका लागि पहल गरिदिन भन्दै शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायोगसमक्ष अपिल गरेको छ ।

शरणर्थीहरुको संस्था नेसनल रिकन्सिलेसन कमिटीले आज विज्ञप्ति निकालेर स्वदेश फर्किन चाहनेलाई स–सम्मान तथा सुरक्षित स्वदेश फिर्तीका लागि सहयोग गरिदिन आग्रह गरेको हो ।

अढाइ दशकदेखिको कष्टप्रद शरणार्थी बसाइको अन्त्य गर्न माग गर्दै तेत्तीस शरणार्थीको हस्ताक्षर रहेको अपिलपत्र उच्चायोगको जेनेभास्थित कार्यालयमा पठाइएको कमिटी संयोजक कृष्णवीर तामाङले जानकारी दिनुभयो ।

कमिटीले स्वदेश फिर्तीका लागि निरन्तर सङ्घर्ष गर्दै आए पनि शरणार्थीलाई विभिन्न मुलुकमा पुनर्वास गराएर छिन्नभिन्न बनाएको आरोप पनि लगाएको छ ।

पुनर्वास कार्यक्रमअन्तर्गत भुटानी शरणार्थीलाई तेस्रो मुलुकमा पुनर्वास गराउने काम अन्त्यतिर आइपुग्दा स्वदेश फिर्तीका लागि उच्चायोग नै अन्तिम विकल्प भएको ती शरणार्थीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ