तीनवटै तहको निर्वाचन हुने : निधि

तीनवटै तहको निर्वाचन हुने : निधि

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

ललितपुर, २५ पुस ।

उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघभित्र तीनवटै तहको निर्वाचन हुने दाबी गर्नुभएको छ ।
बज्रवाराही नगरपालिकाको तेस्रो नगरपरिषद्को आज उद्घाटन गर्दै उहाँले तोकिएकै समयमा स्थानीय, प्रदेश र केन्द्रीय तहको निर्वाचन हुने बताउनु भयो ।

संविधान कार्यान्वयनको जिम्मेवारी सरकारको रहेको भन्दै उहाँले आमनागरिकले सहयोग गर्ने विश्वास पनि व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधन प्रस्ताव विभिन्न बाधा अड्चनबीच संसद्मा पेस भएको भन्दै प्रस्ताव पारी हुनेमा शंका नगर्न आग्रह गर्दै स्थानीय निकायको निर्वाचनमा जुट्न सबैलाई आग्रह गर्नुभयो ।

नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले आर्थिक वर्ष २०७४÷७५ को आयतर्फ कुल एक अर्ब ३९ करोड दुई लाख २४ हजार ८ सय रहने अनुमानित बजेट सार्वजनिक गर्नुभएको छ ।

आन्तरिक आयतर्फ दुई करोड ९० लाख ७३ हजार ५२४ र गत वर्षको मौज्दात रु ५४ लाख १८ हजार ४७६ रहेको जनाइएको छ ।
यसैगरी साविक गाविस चापागाउँ, लेले र झरुवाराशिको मौज्दात जिम्मेवारी सर्ने रकम रु ४७ लाख ४५ हजार र बाह्य स्रोत एक अर्ब ३५ करोड ९८ लाख सात हजार ८ सय रहने अनुमान गरेको छ ।

यसैगरी नगरपालिकाको व्ययतर्फ रु एक अर्ब ३९ करोड २२ लाख चार हजार ८ सय रहने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ