साँस्कृतिक पर्व ल्होछारको तयारी तीव्र

साँस्कृतिक पर्व ल्होछारको तयारी तीव्र

तामाङहरुको सांस्कृतिक तथा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनमा जोड

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, २५ पौष ।  

नजिकिदै गएको तामाङ समुदायको साँस्कृतिक पर्व ल्होछारको तयारी तीव्र पारिएको छ । सोनाम ल्होछार मुल समारोह समितिले २८५३ औं ज्या सोनाम ल्होछारको अवसरमा काठमाडौंमा भब्यरुपमा मनाउने तयारी गरेको छ ।

मुल समारोह समितिको आइतबार बसेको बैठकले माघ ७ गते देखि १६ गते सम्म विभिन्न कार्यक्रम गरी ल्होछार भब्य बनाउने र तामाङहरुको सांस्कृतिक तथा राजनैतिक अधिकार प्राप्तिको आन्दोलनमा जोड दिदै मनाउने कार्यक्रम तय गरेको हो ।

‘तामाङ भाषा, धर्म र संस्कृति प्रवद्र्धनका लागि सोनाम ल्होछार २८५३ घरघरमा मनाउ, ताम्सालिङ सहितको संविधान संशोधनका लागि गाउँगाउँबाट जनदबाब सिर्जना गरौं’ भन्ने नारासहित नेपाल तामाङ घेदुङको संयोजकत्वमा एक सय भन्दा बढि संघसंस्थाहरुको सहभागितामा विभिन्न चरणको कार्यक्रम गर्ने तयारी भएको छ ।

पुतलीसडकस्थित नेपाल तामाङ घेदुङको केन्द्रिय कार्यलयमा बसेको बैठकले काठमाडौंमा बृहत झाँकि सहितको र्याली, ल्होछार सांस्कृतिक महोत्सव, ताम्सालिङ तथा ल्होछारका बारेमा रहेका भ्रमहरु चिर्न अन्तरकृया, खेलकुद, कविता प्रतियोगिता लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।

कार्यक्रम अनुसार माघ ७ गते पत्रकार सम्मेलन, ८ गतेदेखि ११ गते सम्म ब्याडमिन्टन प्रतियोगिता, ११ गते ताम्सालिङको विषयमा अन्तरकृया तथा विद्यार्थी घेदुङको चियापान, १२ गते तामाङ कविता प्रतियोगिता र १३ गते ल्होछारको विषयमा गोष्ठि कार्यक्रम आयोजना गर्ने भएको छ ।

यस्तै माघ १४ गते टुँडिखेलमा तामाङ सेलो नृत्य प्रतियोगिता, टुँडिखेल, बौद्ध, स्वयंभु लगायत स्थानहरुमा ल्होछार इभ मनाउने, मुख्य ल्होछारको दिन माघ १५ गते काठमाडौको शान्तिबाटिकाबाट बृहत सांस्कृतिक झाँकि सहितको र्याली निकाल्ने तयारी भएको छ ।

१५ गते हुने मुल समारोह कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घटान गर्नुहुनेछ । कार्यक्रममा विविध सास्कृतिक प्रस्तुतिहरु समावेश गरिएको घेदुङका अध्यक्ष मोहन गोले तामाङले जानकारी दिनुभयो ।

यस्तै १६ गते टुँडिखेलमै राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति एव सांस्कृतिक महोत्सव हुने मुल समारोह समितले जनाएको छ । कार्यक्रम ब्यवस्थित बनाउन विभिन्न १० वटा उपसमितीहरु पनि गठन गरिएको छ ।

कार्यक्रम व्यवस्थापनका लागि प्रचारप्रसार, झाँकि तथा र्याली ब्यवस्थापन, स्वयसेवक परिचालन, खेल तथा कविता प्रतियोगिता, मन्च ब्यवस्थापन लगायतका १० वटा उपसमिती बनाइको आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ