पक्राउ परेको तरुण दलका नेताको रिहाइको माग गर्दै आजपनि बाँके जिल्ला बन्द

पक्राउ परेको तरुण दलका नेताको रिहाइको माग गर्दै आजपनि बाँके जिल्ला बन्द

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

काकाठमान्डौ पुस २५।
नेपाली कांग्रेसको भातृ संगठन तरुण दलले पक्राउ परेका आफना कार्यकर्ता रिहाइको माग गर्दै आज पनि बाँके जिल्ला बन्द गरेको छ ।

युवा संघ केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि भएको आक्रमणको योजनाकारको आरोपमा प्रहरीले तरुण दल बाँके क्षेत्र नम्बर १ का अध्यक्ष दिग्वीजय जंग राणालाई पक्राउ गरेको विरोधमा तरुण दलले आज पनि बाँके जिल्ला बन्दको आहृवान गरेको हो ।

निर्दाेष राणालाई प्रहरीले अनाहकमा पक्राउ गरेको भन्दै तरुण दलले राणालाई तत्काल रिहाई नगरे आफूहरु कडा आन्दोलनमा उत्रने जनाएको छ ।

हिजो र आजको बन्दका कारण बाँकेका नागरिकको दैनिकी प्रभावित भएको छ । बन्दका कारण कोहलपुर लगायतका क्षेत्रमा बजार, यातायात, कलकारखाना सबै ठप्प छन् ।

यद्यपी शिक्षण संस्था, प्रेस, कुटनीतिक नियोग, एम्बुलेन्स, दमकल, मानव अधिकारकर्मी लगायतलाई बन्दमा छुट दिइएको बताइएको छ ।

गत पुस १४ गते कोहलपुरमा खुकुरी प्रहार भएका बुढाथोकीको हाल भारतको लखनउमा उपचार भइरहेको छ । बुढाथोकीमाथि खुकुरी प्रहार गर्ने लक्ष्मण मल्ल सहित १२ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ