माघ १७ भित्र दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

माघ १७ भित्र दल दर्ता गर्न निर्वाचन आयोगको आग्रह

  • सोमवार, पुस २५, २०७३
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौ २५ पौष ।  

निर्वाचन आयोगले आगामी माघ १७ गतेभित्र सबै राजनितिक दल दर्ताका लागि अनुरोध गरेको छ । स्थानीय निर्वाचन व्यवस्थापनका लागि ७५ वटै जिल्लास्थित निर्वाचन कार्यालयमा दल दर्ता गर्न आयोगले अनुरोध गरेको हो ।

नयाँ संविधान अनुसार अब राजनीतिक दलहरूले स्थानीय तह, प्रदेश सभा र संघका लागि अलग–अलग रूपमा राजनीतिक दल दर्ता गर्नुपर्ने प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बताउनु भयो ।

जिल्लामा क्रियाशील रहेका दलहरूले सम्बन्धित जिल्लाको निर्वाचन कार्यालय वा क्षेत्रीय निर्वाचन कार्यालयमा दल दर्ता गराउनु पर्नेछ ।

आयोगमा दर्ता नभएका दलले त्यो जिल्लाको स्थानीय तहको निर्वाचनमा पार्टीगत सहभागिता जनाउन पाउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनु भयो ।

अहिले दर्ता भएको आधारमा निर्वाचन सहितको मतपत्रको व्यवस्थापन हुनेछ । नेपालको संविधानको धारा २६९ मा राजनीतिक दलको गठन, दर्ता र सञ्चालन सम्बन्धी व्यवस्था छ ।

दल दर्ता गराउने प्रयोजनका लागि निवेदन पेस गर्दा सम्बन्धित राजनीतिक दलको विधान र घोषणापत्रका अतिरिक्त सङ्घीय कानुन बमोजिमका अन्य कागजात पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ