नेकपा एमाले मोरङको आठौँ अधिवेशन भोलिदेखि विराटनगरमा

नेकपा एमाले मोरङको आठौँ अधिवेशन भोलिदेखि विराटनगरमा

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौ २४ पौष ।  

नेकपा एमाले मोरङको आठौँ जिल्ला अधिवेशन भोलिदेखि विराटनगरमा सुरु हुने भएको छ ।

तीन दिनसम्म चल्ने अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

अधिवेशनमा जिल्लाका ८ सय ८२ जना प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।

अधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको एमाले मोरङका जिल्ला अध्यक्ष महेश रेग्मीले जानकारी दिनुभयो ।

अधिवेशनलाई सफल बनाउनका लागि १४ वटा उपसमिति गठन गरिएको छ भने अधिवेशन सम्पन्न गर्न करिब २५ लाख लाग्ने अनुमान गरिएको रेग्मीले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ