पुस २४, सिन्धुली ।
कृषकहरुलाई जीवीकोपार्जन र दिगो आत्मनिर्भर तथा व्यवसायिक कृषिको विकास गर्नका लागी नेपाल सरकारले यस वर्षदेखि सिन्धुलीमा कृषिआधुनिकरण खेतीको परियोजना सुरु गरेको छ ।
त्यस कृषिआधुनिकरण परियोजनाले जिल्लाका केही स्थानमा हावापानी वातावरण अनुकुलमा जुनारको उत्पादनमा वृद्धि हुने प्रख्यात क्षेत्रमालागू गर्न जिल्ला कार्यान्वयन इकाई सिन्धुली कार्यालयको स्थापना गरी काम सुरु गरिसकेको छ ।
यो परियोजनाअन्तर्गत चालु आ.व. ०७३/०७४ देखि सिन्धुलीको रतनचुरा, बाशेश्वर र तिनकन्यागा.वि.स.का क्षेत्रमाजुनार खेतीको व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्रको विकास कार्यक्रम आधुनिकरणसँगै त्यसको विकासका लागि सहयोग पुग्नेखालको कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।
अन्य जिल्लाको तुलनामा सिन्धुलीमा बढी जुनारको खेतीहुने क्षेत्रको रुपमा स्थापित उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्ष विनेश कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
सरकारले अन्तर्गत कृषि क्षेत्रको उत्पादन र उत्पादनकत्वमा वृद्धि गर्ने उद्देश्य र उन्नत जातका बिऊ र जुनारका विरुवा उत्पादन तथा कृषि सामाग्री,प्रविधिको प्रयोग र कृषि यान्त्रिकिकरण, कृषि उपजको स्याहार प्रशोधन, गुणस्तरको बजार व्यवस्थापन तथा प्राविधिक कृषि शिक्षा समेत संयोजन गर्दै समग्र कृषि विकास क्षेत्रको आधुनिकरण गर्न परियोजना सुरु गरेको परियोजना कार्यान्वयन इकाई जुनार सिन्धुलीका वरिष्ठ कृषि अधिकृत ललनकुमार सिंहले बताउनु भयो ।