सुन्दरीजल–सिन्धु ९.४ किमी सुरुङको उद्घाटन

सुन्दरीजल–सिन्धु ९.४ किमी सुरुङको उद्घाटन

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, २४ पुस ।

मेलम्ची आयोजनाले ब्रेक थ्रु गरेको ९ दशमलब ४ किमीको सुन्दरीजल–सिन्धुखण्ड सुरुङको आज उद्घाटन गरिएको छ ।
आज खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सुरुङको बीचमा रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट काठमाडौँको सुन्दरीजलसम्म खन्न सुरु गरिएको २७ किमी लामो सुरुङमध्ये ९दशमलब४ किमी पुस १३ गते ‘ब्रेक थ्रु ’ भएको थियो ।

मेलम्ची खानेपानी विकास समितिले आज सुन्दरीजलमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै राज्यमन्त्री खड्काले बिना कुनै जोखिम र दुर्घटना सुन्दरीजल–सिन्धुखण्ड ‘ब्रेक थ्रु’ भएको बताउनुभयो ।

राष्ट्रिय गौरवको यो आयोजना सम्पन्न भएबाट सबै जुटेर लागे विकास सम्भव भएको भन्दै उहाँले बाँकी काम पनि दसैँअघि नै सम्पन्न गरेर पानी ल्याउने अभियानमा सरकार लागेको बताउनु भयो ।

सिन्धुपाल्चोक ३ नं क्षेत्रबाट निर्वा्चित सांसद शेरबहादुर तामाङले मेलम्चीको पानी काठमाडौँवासीलाई दिन आयोजना निर्माण गरिएको बताउनुभयो ।

मन्त्रालयका सचिव भीमप्रसाद उपाध्यायले विसं २०७४ को दसैँको उपहारका रुपमा काठमाडौँवासीलाई पानी दिन लागिएको सुनाउनुभयो ।

समितिका निमित्त कार्यकारी निर्देशक ज्योतिकुमार श्रेष्ठले २७ किमी सुरुङमध्ये ५ दशमलब ४ किमी बाँकी रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा मेलम्ची आयोजनाका लागि ऋण सहयोग दिने एसियाली विकास बैंकका कन्ट्री डाइरेक्टर किनिची योकोहामा, परामर्शदाता कम्पनी एप्टिसा–बेट्स जेभीका आवासीय सह–व्यवस्थापक शिवकुमार शर्मा र इटालीको निर्माण व्यवसायी कम्पनी सिएमसीका साल्भातोने क्यासीकोले दसैँअघि नै पानी ल्याइने प्रतिबद्धता जनाउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी