लोकमानसंह कार्की पदमुक्त,आयोगको प्रमुख आयुक्त पदमा अयोग्य भएको ठहर

लोकमानसंह कार्की पदमुक्त,आयोगको प्रमुख आयुक्त पदमा अयोग्य भएको ठहर

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौं ,पुस २४ ।
सर्वोच्च अदालतले लोकमान सिंह कार्कीको अख्तियार प्रमुखमा भएको नियुक्ति बदर गरि पदमुत्त गरेको छ ।

नियुक्तिका क्रममा योग्यता नपुगेको भन्दै अख्तियारका निलम्बित प्रमुख आयुक्त कार्की पदमुक्त हुने फैसला गरेको हो ।

कार्कीको योग्यता लगायतका बिषयमा परेका रिटमाथि आज फैसला सुनाउदै न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासले कार्कीलाई पदमुक्त गरेको हो ।

यस्तै सर्बोच्वले राष्ट्रपति र संवैधानिक परिषदलाई अब योग्यता पुगेको व्यक्तिलाई अख्तियार प्रमुखमा सिफारिस र नियुक्ति गर्न पनि आदेश दिएको छ ।

आज शम्भु थापा, सुरेन्द्र भण्डारी, रमेश बडाल, टिकाराम भट्टराई, राजु चापागाई, मनकुमार कर्ण, दिनेश त्रिपाठी, बाबुराम दाहाल, ज्योती लम्साल पौडेल, कुनदेवी महर्जन र चन्द्रकान्त ज्ञवालीले प्रतिउत्तर बहस गर्नुभएको थियो ।

यही पुस ७ गतेबाट सुरु भएको बहस ८, २१, २२ हुदै आजसम्म चलेको थियोे ।
यसअघि कार्कीको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै दायर गरिएको रिट निवेदनमा सर्वोच्चले एक वर्षपछि खारेज गरेकोमा अधिवक्ता अर्यालले पछिल्लो पटक पुनः सर्वोच्चमा रिट पुनरवलोकनका लागि निवेदन दिनुभएको थियो ।

अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरूद्धको मुद्दामा सर्वोच्च अदालतमा आज सुनुवाई सकेको सर्वोच्चले उनको नियुक्ति बदर गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी