काठमाडौ २४ पौष ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले आगामी माघ पहिलो साताभित्र स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने सरकारको तयारी रहेको बताउनु भएको छ ।
संविधान संशोधन प्रस्ताव विधेयक सदनमा टेबल भएसँगै सरकार स्थानीय निकाय निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेको भन्दै उहाँले जारी राजनितिक गतिरोध चाँडै अन्त्य हुने बताउनुभयो ।
रिपोटर्स क्लब नेपाल अर्घाखाँचीले आज सन्धिखर्कमा आयोजना गरेको साक्षत्कारमा बोल्दै उहाँले निर्वाचनको वातावरण सिर्जना गर्न संशोधन प्रस्ताव अगाडि बढ्नु अनिवार्य रहेको बतानुभयो ।
निर्धारीत मितिमै तीनै तहको निर्वाचन सम्पन्न गरी पूर्णरुपमा संविधान कार्यान्वयन गर्नु वर्तमान सरकारको जिम्मेवारी भएको नेता पुनको भनाई छ ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका पुनले तराइको शक्तिलाई संविधानको मुलधारमा ल्याउन सरकारले संविधान संसोधन प्रस्ताव ल्याएको जिकिर गर्नुभयो ।