काठमाण्डौ ,२४ पुस ।
संसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव छलफलका लागि महाभियोग सिफारिस समितिमा पठाएको छ ।
आज बसेको संसद बैठकले संसदमा महाभियोग प्रस्तावको छलफल सकिएकाले प्रस्ताव अघि बढाउने वा नबढाउनेबारे निर्णय गर्न महाभियोग सिफारिस समितिमा पठाएको हो ।
त्यस्तै आजै बसेको संसद बैठकमा सरकारले निर्वाचन सम्बन्धी दुई विधेयक पनि पेश गरेको छ ।
निर्वाचन सम्बिन्धी बिधेयकलाई अघि बढाउने सहमती पछि सुचारु भएको संसद बैठकमा स्थानीय तह निर्वाचन विधेयक २०७३ र निर्वाचन कसुर तथा सजाय सम्बन्धी विधेयक २०७३ पेश गरिएको हो ।
उपप्रधानमन्त्री गृहमन्त्री विमलेन्द्र निधिको तर्फबाट कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री अजयशंकर नायकले निर्वाचन सम्बन्धी दुईवटा विधेयक संसदमा पेश गर्नुभएके हो । उहाले सबै तहको निर्वाचन यथासम्भव छिटो गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो ।