शीर्ष नेताको बैठक निश्कर्षबिहिन 

शीर्ष नेताको बैठक निश्कर्षबिहिन 

  • आइतवार, पुस २४, २०७३
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

काठमाडौं , पुस २४ ।
सभामुख ओनसरी घर्तीको आह्वानमा संसदको अवरोध खुलाउनेबारे बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक सहमतिबिना टुंगिएको छ ।

नयाँ बानेश्वरमा बसेको बैठकमा दलहरु आ–आफ्नै अडानमा रहेपछि बैठक बिनानिष्कर्ष टुंगिएको हो ।

सत्तारुढ दलहरुले संसदमा संविधान संशोधन विधेयक पेश गर्नुपर्नेमा जोड दिएक थिए भने प्रतिपक्षी एमालेले संसोधन बिधेयक फिर्ता गर्न माग गर्दै सदनमा लगिए अबरोध जारी राख्ने अडान कायम राखेको थियो ।

सत्तारुढ दलहरुले विधेयक टेबुल गर्न मात्र दिन गरेको आग्रह अस्वीकार गर्दै प्रमुख प्रतिपक्षी एमालेले सीमांकन हेरफेरको प्रस्ताव असंवैधानिक भएको दाबी गर्दै सदन नखुलाउने अडान लिएको थियो ।

एमालेले सर्वोच्च अदालतले सीमांकन हेरफेर प्रदेशसभाले गर्ने व्याख्या गरिसकेको अवस्थामा विधेयक फिर्ता लिएर परिमार्जन गर्न समेत सरकारसँग माग गरेको छ ।

विपक्षी दलहरुले संसदको अवरोध नछाड्ने अडान लिएपछि सरकारले अवरोधका बीच पनि संविधान संशोधन विधेयक आजको संसद बैठकमा टेबुल गर्ने तयारी गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ